अनिस्चितताको पिडाबोध

हुन्छ हुँदैनको घोर अन्तर्द्वन्द भित्र
भबिष्य रग्मगिएर यसै
गराउँछ अनिस्चितताको पिडाबोध ।
 
बर्तमान अबोध छ,
भुलिसक्यो हिजो
पत्तो पाउदैन भोलि
यसै त्यसै रुमल्लिएरै आजमै
बर्तमान संघर्षशील छ
अबोध छ अनि संघर्षशील
संघर्षशील छ अनि अबोध ।
 
हिजोले आफ्नो भोलिलाई सुधार्न सकेन
सायद,
भोलिले आफ्नो आजलाई सुधार्ला
या नसुधार्ला,
अनिश्चितता बरकरार छ ।
सुधार्ला नसुधार्लाको घोर अन्तर्द्वन्द भित्र
भबिष्य रग्मगिएर यसै
गराउँछ अनिस्चितताको पिडाबोध ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *