हुरी चलिरहेथ्यो या आगो बलिरहेथ्यो, कसलाई के थाहा?
ऊभित्र के चलिरहेथ्यो, कसलाई के थाहा?
 
हेर्दा देखिन्थ्यो चट्टानझैं कठोर, छाम्यो तर कसले?
आफ्नै आँशुले ऊ गलिरहेथ्यो, कसलाई के थाहा?
 
ओठ तन्किनु मात्र हैन रैछ मुस्कान, जान्यो तर कसले?
हाँसेरै आफूलाई ऊ छलिरहेथ्यो, कसलाई के थाहा?
 
भर्खरै फुल्दैथ्यो अनि सुवास छर्दैथ्यो, चिचिलै थेन देखिएको
झर्न तयार ऊ फलिरहेथ्यो, कसलाई के थाहा?
 
टेको बनेर आड दियो उसले, कति भग्न जिन्दगीलाई,
टेको नभेटेर आफैं ढलिरहेथ्यो, कसलाई के थाहा?

Leave a Comment

Your email address will not be published. Required fields are marked *