आजकल सब सामान्य हुन थालेको छ

हुट्टिट्याँउ भएरै आकाश धान्ने हुन थालेको छ
कौडिकै थेन भाउ, गन्यमान्य हुन थालेको छ
मुसै भएनि सिंह नै ललकारेको देख्दा लाग्छ
असामान्य हुनु अचेल सामान्य हुन थालेको छ ।
 
दालै नसीब थेन, पानी पनि झान्ने हुन थालेको छ
जे दिए चल्थ्यो अघि, अब छान्ने हुन थालेको छ
आश्चर्य! पर्लक्कै दिन पल्टिएको देख्दा लाग्छ
असामान्य हुनु अचेल सामान्य हुन थालेको छ ।
 
सिङै थेन तिखेको, यत्रतत्र हान्ने हुन थालेको छ
गुरुलाई नै सिकाउँछ, निकै जान्ने हुन थालेको छ
चोरै भए नि साधु सरि पुजिएको देख्दा लाग्छ
असामान्य हुनु अचेल सामान्य हुन थालेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *