आफैं जल्नुपर्दछ

एक आशा लिएर बाँचेका छौं
ब्याप्त घोर अन्धकार हट्छ
र आउँछ जगमगाउने उज्यालो
सदियौं देखी कुरेकै छौ
त्यो प्रकाश आएन
त्यो निसाच गएन ।
 
हाम्रो बिगत यही अन्धकार झैं निश्पट्ट कालो
हाम्रो बर्तमान यही अन्धकार सँगै मिस्सिएर कालो
हामिले ब्याप्त घोर अन्धकारमा हेर्न खोज्यौं
हाम्रो भबिष्यमा छ कि कुनै प्रकाश
अह्ँ, देखिँदैन ।
 
अँध्यारो मात्र चारैतिर देखेपछि
हामी निदाइरहन्छौं र हामी सपना देखिरहन्छौ
हामी सपना देख्दछौं त्यो प्रकाशको
जो फिँजियोस यसरि कि
हाम्रो बर्तमान ज्वाजल्यमान होस
हाम्रो भबिष्य ज्वाजल्यमान होस ।
 
अफसोस,
हाम्रा वरपर भूतहरु छन
जस्लाई हामी नेता भन्दछौं
ती भूतहरु जो भयङ्गकर अन्धकारमा
आफ्ना भ्रष्टचाररुपी दाँतहरु
हाम्रो सुखशान्तिको गर्दनमा गाडेर
हाम्रो बर्तमान र भबिष्य सिंचित गर्ने रगत चुस्दछन
ति भूतहरुलाई उज्यालो मन पर्दैन
ती भूतहरुलाई अँध्यारो मन पर्छ
किनकी तीनको अस्तित्व अन्धकारमा छ ।
 
किनकी तीनको अस्तित्व अन्धकारमा छ
ती प्रकाश चाहँदैनन, उज्यालो चाहँदैनन्
ती लोड्शेडिङ चाहन्छन्
त्यसैले त हाम्रो बर्तमान र हाम्रो भबिष्यमा
एउटा सुर्य उदाएको देख्ने बित्तिकै
तिनिहरु बादल लिएर आउँछन
अनी हाम्रो आशाको किरणलाई ढाक्दछन्
हामी बादल पारिको किरणहरु
हामिसम्म आइपुग्ने कल्पना गर्छौ
उज्यालोको संभावनामा पुलकित हुन्छौं
अफसोस्, रात परिसकेको हुन्छ
र हाम्रो वरपरको अन्धकारमा ताण्डव गर्दछन्
तिनै भूतहरु, नेतारुपी भूतहरु
सताब्दियौं बिते गरि नै रहेका छन ।
 
हामिले हाम्रो बर्तमान उज्यालो देख्नलाई
हाम्रो भबिष्य प्रकाशमय देख्नलाई
सुर्यका ढाकिएका किरणहरु आउन नआउन
आफैं जलेर भएपनी प्रकाश ल्याउनु पर्दछ
अनी भगाउनु पर्दछ ति भूतहरुलाई
जो हाम्रो वरपरका अन्धकारका आडमा
हामिलाई खाइरहेथे,
आफैं भएपनी जल्नुपर्दछ ताकि
हाम्रा सन्ततिको भबिष्यमा भूत रजाँइ नगरुन्
आफैं भएपनी जल्नुपर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *