के छ तुलनामा तिम्रो ममताको
तिमी अतुलनिय छौ मेरी आमा
छैन कुनै उपमा तिम्रो स्नेहको
तिमी अनुपम छौ मेरी आमा ।
मलाई न्यानो तापमा सँधै सेकाइरहने
तिमी शिषिरको घाम हौ मेरी आमा
तिम्रै कारण त मेरो अस्तित्व छ
तिमी मेरो परिचय-नाम हौ मेरी आमा ।
तिम्रो कोखको ऋण म तिरुँला कसरी
यो जिवन तिमीलाई समर्पण मेरी आमा
तिम्रो सारा दुख मैले बोक्न पाउँ
मेरो सुख तिम्लाई अर्पण मेरी आमा!!!