कस्कस्लाई दिन्छौ तिम्रो माया ?

अस्ती उसँग थियौ हिजो उस्लाई छोड्यौ
हिजै मेरी हुन आयौ आज बाटो मोड्यौ
एकथिर छैन तिम्रो मन डुलिरहन्छ दायाँबायाँ
कस्कलाई पो दिन्छौ भन कस्कस्लाई दिन्छौ तिम्रो माया ।
 
घाट घाट चहारेर आफ्नो तिर्खा मेट्न सक्छौ
यौबनको खरिददार धेरै धेरै भेट्न सक्छौ
तछाडमछाड बोली लाउलान तिम्रो रुपका बनियाँ यहाँ
कस्कलाई पो बेच्छौ भन कस्कस्लाई बेच्छौ तिम्रो माया ।
 
दायाँ बगर बायाँ बगर उर्लिएर बग्छ खोला
नौला मानिस नौला रहर, रहर कहिले पुग्ने होला
हरेक सँग नजिकिंदा टाढिएला आफ्नै छायाँ
कस्कसलाइ पो भन्छौ भन कस्कसलाइ भन्छौ तिम्रो माया ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *