अजम्बरी को पो छ र
सबले मर्नु पर्छ तिमी पनि मर्छौ
मर्नु पर्छ भन्ने थाहा हुँदा हुँदै
खै कुन्नी के सोचेर हिंसा गर्छौ ?
इश्वर एउटै हो नाम अलग हुन
किन थाहै नपाए झैं गर्छौ
तिम्रा कुकर्मले कसरी खुशी होलान र इश्वर
खै कुन्नी के सोचेर हिंसा गर्छौ ?
ती अबोधहरुको आँशुको सराप लाग्छ
हेर तिमी घोर नरकमा पर्छौ
सोच्दैनौ के तिम्रा आफ्ना त्यसरि नै मारिए भने
खै कुन्नी के सोचेर हिंसा गर्छौ ?