एउटै थियो जस्तो लाग्थ्यो हाम्रो हालखबर
तर, तिम्रो आफ्नै खबर मेरो आफ्नै हाल
तिम्रो मेरो माछा मार्ने थियो एउटै खोला
तर, तिम्रो आफ्नै बल्छी मेरो आफ्नै जाल
तिम्ले मैले बजाउने एउटै थ्यो नि बाजा
तर, तिम्रो आफ्नै सुर मेरो आफ्नै ताल
बाँच्न दिन्न दुनियाले बरु सँगै मरौं भन्थ्यौ
तर, तिम्रो आफ्नै मृत्यु मेरो आफ्नै काल ।