­­ गाँजा, तान्ने हैन त आज?

हाँगा हाँगाको कि बुच्का बुच्काको
कि चाखने हो आज बाँसमै कोचेको
छ्या यो त हुन्न पात मात्रै छ
त्यो पनि हुन्न गेडा धेरै छ
त्यो अस्ती लेराको गोल्डेन चाही खै त
हुन्छ हुन्छ आज त्यही बनाउँ है त ।
 
ल म केलाउँछु तँ सुर्ती झार त
मिसाएर सुर्ती भर्न ठिक्क पार त
धेरै टाइट नभर है धुवाँ आउन्न नि
तान्नेले फेरी केहि मजै पाउन्न नि
लूज भर्नु नि हुन्न हुर्हुरी बल्छ
आगो झर्यो भने फेरी सिरक जल्छ ।
 
ल यो तयार भो उस्लाई सल्काउन दे
बनाउने आफैंले सल्काउनु हुन्न रे
अझै मज्जा आउँछ राउण्ड पफ गरौं
एउटाले पुग्दैन अर्को पनि भरौं
चुरोटमा भैगो अब चिलिममा नै भरौं
कि आज साथी “Smoke on Water” गरौं ?
 
हाहाहाहा!!!! त्यस्लाई त लागेछ
उस्को तेस्रो नेत्र भर्खर पो जागेछ
यस्ले तान्नै हुन्न दर्शन मात्र छाँट्छ
अघी पर्नै हुन्न सार्है दिमाग चाट्छ
प्याक प्याक बनायो पानी पिउँ ले त
ए त्यस्लाई एउटा अरेन्ज बल दे त ।
 
तान्नेलाई नै थाहा छ यस्को कत्ती छ गुण
अरु सोच्दा हुन यि तान्छन “High” हुन
शिवको अनन्य भक्त, शिवरात्री मानिन्छ
जस्ले जे भनुन आफु त मस्त तानिन्छ
जय शिव शम्भो कैलाशनाथ भोला
आजलाई तानौं भोली जे त होला । ।
जय शम्भो!!!

Leave a Comment

Your email address will not be published. Required fields are marked *