आजकल,
एकातिर हेर्यो थुप्रोथुप्रो शिरहरु देख्छु म
अर्कातिर हेर्यो यत्र तत्र गिंडहरु देख्छु म
एकै थिए कुनै बखत ति शिरहरु र गिंडहरु
अब तीनका आआफ्नै भिडहरु देख्छु म ।
अनि सोच्छु,
अब भिन्न टाउकाहरु भिन्नै हुल बनाउलान
अनी भिन्न गिंडहरु अलग भिड समाउलान
एकै हुँदा एकापसमा मिल्नै ति सकेनन खै
छुट्टा छुट्टै रहे पछी पक्कै ति रमाउलान ।
फेरी लाग्छ,
शिरहरु बिना गिंडहरु कसरी लौ उभिएलान ?
गिंडहरु बिना शिरहरु कसरी लौ अडिएलान ?
ताज्जुबिन्छु उदेकिन्छु के गरी टिक्लान दुबै
अलग्गै ति लडिरहलान कि मिलेर ति ठडिएलान ?