जिन्दगी कतै बिचमा छ सायद

न तिमीले भने झैं कठिन, न मैले भनें झैं सरल
न तिमीले सोचे झैं ठोस, न मैले सोचे झैं तरल
जिन्दगी कतै बिचमा छ सायद
न तिमीलेसुने झैं कर्कश, न मैले सुने झैं सुमधूर गजल ।
 
न तिमीले माने झैं बाध्यता, न मैले माने झैं रहर
न तिमीले ठाने झैं ब्यर्थ, न मैले ठाने झैं सुअवसर
जिन्दगी कतै बिचमा छ सायद
न तिमीले बसे झैं उजाड वस्ति, न मैले बसे झैं झिलिमिली शहर ।
 
न तिमीले भोगे झैं असहज, न मैले भोगे झैँ अतिसुलभ
न तिमीले हिंडे झैं उवडखावड, न मैले हिंडे झैं चिल्लो सडक
जिन्दगी कतै बिचमा छ सायद
न तिमीले पिए झैं कालकुट, न मैले पिए झैं अमृतरस।

जिन्दगी कतै बिचमा छ सायद………….. ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *