रातै राता देखिन्छन्
नाचिराख्या भेटिन्छन्
दुख-सुख साट्छन रे
कुरा पनि काट्छन रे
टोल टोलमा दोहोरि
चलेको छ जुहारि
सुनै सुनले झपक्कै
बलेका छन धपक्कै
अघिल्लो दिन खाको खाइ
भोलिपल्ट जल नै नपाइ
शिवभक्तिमा लिप्त छन्
भक्तिसुर्यले प्रदिप्त छन्
लामो आयु पतिको
कामना सबै सतिको
हिन्दू नारिको तजबिज
सुन्दर पर्ब हो यो तीज ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *