तूफान अघिको सुन्यता!!!

भयावह  स्थिरताको अनुभूती सँगै
असमन्जस्यता हृदयभरी व्याप्त छ
युद्ध पश्चातको शान्ती हो यो
या हो, तूफान अगाडीको सुन्यता
मृत्यु समक्ष राजिनामा दिइ
कती जिवनले जागिर छोडे
मशानमा शान्ती खोज्नेहरु
त्यतै लागे भन्ने सुन्छु
म अझै असमन्जस्,
भिड्मा छु तर शान्तिको अनुभव गर्छु
युद्ध पश्चातको शान्ती हो यो
या हो, तूफान अघिको सुन्यता ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *