घेरिएर साथी माझ
रात, बिहान, दिउँस र साँझ
ख्याल्-ठट्टा र मोज मस्ति
कलेज वरपरको त्यो बस्ति
त्यो हिजोको जिन्दगी थ्यो
यो आज त बाँचेको मात्र ।
न भूतको पस्चाताप थ्यो
न चिन्ता थ्यो भबिष्यको
मित्रता कति-कती गाँसियो
यसै-त्यसै कती हाँसियो
त्यो हिजोको खुशी नै हो
यो आज त हाँसेको मात्र ।
“बंक” हानी भागेको कक्षाबाट
“ड्रप” गरी हिंडेको परिक्षाबाट
दुइ जना भेट्यो कि सुरु भो नशा
दुइ पेग बढी भो कि ३ दिनको दशा
त्यो हिजो को नशा नै थ्यो
यो आज त पिएको मात्र ।
त्यो सन्तुष्टी साथिहरुसँग खेल्दाको
खेल सकेर दुइ थाल भात पेल्दाको
खेल-खेलमै कती जितियो कती हारियो
खेलेरै कतिलाई हुरुक्कै पारियो
त्यो हिजोको हार पनि जीत थ्यो
यो आज त हार मात्र ।
त्यो उनलाई हेर्ने कत्रो तडप
उनिसँग बोल्ने त्यत्रै लहड्
त्यो खुशी उन्ले “हुन्छ” भन्दाको
दौडिएर अँगालोमा उन्दाको
त्यो हिजो को प्रेम नै थ्यो
यो आज त कर्तब्य मात्र ।