तिमीलाई अरुले नै यो खाउ त्यो नखाउ भन्नु पर्ने
तिमीलाई अरुले नै यो लाउ त्यो नलाउ भन्नु पर्ने
कतै हिँड्नु पर्यो भने कुर्छौ सँधै अरुको आदेश
तिमीलाई अरुले नै यहाँँ जाउ त्यहाँ नजाउ भन्नु पर्ने ।
तिम्रो देशको सर्बोच्च कानून छिमेकिले बनाउँछ
उसले चाहेको झैं गर्न तिमीलाई उस्ले मनाउँछ
तिम्रो आफ्नो के चल्छ र परनिर्देशित छौ सँधैभरि
सार्बभौम हुँ भन्छौ आफु,उ मालिक हुँ म जनाउँछ ।