तिम्रा खुट्टामा चप्पल थिएनन, तिमीले क्रान्ती गर्दाको बखतमा
लाग्थ्यो तिमी झैं त्यागी को होला, हाम्रो खातिर यो जगतमा
तिम्रो चर्तिकला देख्दा अहिले, लाग्दछ पछी लागेछौं फगतमा
क्रान्तिलाई सिँढी बनायौ नेताजी, आफु रम्नलाई अकुत नगदमा ।
हात ठड्याइ जब क्रान्ती बोल्दथ्यौ, जोश चढ्थ्यो हाम्रो रगतमा
क्रान्ती मैदानमा धेरै होमियौं, तिमीलाई सत्य सम्झेर लहडमा
योजनै पो थ्यो कि पछी बिग्रीयौ, लोभी पापिहरु को संगतमा
जनतालाई बलिको बोको बनायौ, आफु डुब्नलाई अकुत नगदमा ।
तिम्रो क्रान्तिको सार आधार, टिकेको थियो जनताको बर्कतमा
सोचेकै थियौ कि सत्ताले ल्यायो, यो परिवर्तन तिम्रो हर्कतमा
तिम्रो अभिष्ट मात्रले पनि देश, अझ बढी फँस्यो लौ संकटमा
जनतालाई अति नै मूर्ख बनायौ, आफु खेल्नलाई अकुत नगदमा ।