पुरुष!!!

चाहे अनिंदै रहुन्
सयौं सयौं रातहरु
चाहे त्यसै गुम्सिरहुन्
मनमा अनेक बातहरु
म पुरुष हुँ
मैले दह्रो बन्नु पर्छ
चाहे चुली बनिरहुन्
दुःखै दुःखका खातहरु।
 
दुःखकै नशा चढोस्
दुःखकै लागोस् मातहरु
दिनदिनै भोग्नु परोस्
दुःखका फरक जातहरु
म पुरुष हुँ
मैले ऐया भन्नु हुन्न
चाहे पुर्पुरोमा बज्रिरहोस्
दुःखै दुःखका लातहरु।
 
अघि सुखका संगतिहरु
नहुन् दुखका साथहरु
हुँदा लुट्पुटिनेहरु सबले
छोडुन् दुःखमा हातहरु
म पुरुष हुँ
मैले आँशु झार्नु हुन्न
चाहे दैवका आशिष् पनि
बनुन् दुखका सरापहरु।

Leave a Comment

Your email address will not be published. Required fields are marked *