कसरी पो तिम्रो दरबार आओस उ दैब
कसरी पो प्रार्थना सुनाओस उ दैब
आँत छ भोको कैयौं दिन देखी कठै
कसरी पो भोकै भजन गाओस उ दैब ।
सुर्य सँगै हरेक दिन काममा उदाउँछ उ
मध्यरात बिते मात्र झुप्रो आउन पाउँछ उ
तब न हातमुख जोर्न सक्दछ बिचराले
कहिले पो तिम्रो मन्दिर धाओस उ दैब ।
फाट्या धोती फेर्नु परे स्वास्निसँग झर्किन्छ उ
छोरोले मिठो पापा मागे अर्कैतिर फर्किन्छ उ
पेटको ज्वाला शान्त भए सुख पाएँ भन्छ हरे
कुन द्रब्यले तिम्लाई नैबेध चढाओस उ दैब ?