भूकम्प!!!

काँपिन धरा जब काँपे सारा धरावासी पनि
त्राहिमाम भो यत्रतत्र रुवाबासी चल्यो अनि
पृथ्वी पनि रिसले चूर भएकी छिन सायद
काँपिरहिन केहि लीला देखाउँछु अब भनी ।
 
हल्लियो यसरि कि मानौं सारा संसार भत्कियो
मानिस बस्ने घर देउता बस्ने मन्दिर भत्कियो
सुढृढ सुसज्जित कती जिबन लौ उजाड भए
बाँकी रहेकाका पनि लौ शान्त जिबन भत्कियो ।
 
यो बिधी लीला प्रकृतिको लौ थिएन देखिएको
यो बिनास निम्त्याइएको या नियतिमा लेखिएको
भत्किएका संरचनासँगै भत्किएर गए सपनाहरु
भासिए लौ जमिन जब आफुद्वारा टेकिएको ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *