मलाई दया, करुणा, प्रेम, क्षमाशीलताले युक्त हुनु छ
मलाई लोभ, इर्ष्या, घृणा, क्रुरताबाट मुक्त हुनु छ
मलाई न ईश्वरिय हुनु छ न दानविय हुनु छ
म मानव भएर जन्मिएँ, मलाई केवल मानविय हुनु छ ।
‘परोपकारं इदं शरीरं’ यही ज्ञानले प्रदिप्त हुनु छ
‘अहिंसा परमो धर्म:’ यही शिक्षाले प्रलिप्त हुनु छ
मलाई न ईश्वरिय हुनु छ न दानविय हुनु छ
म मानव भएर जन्मिएँ, मलाई केवल मानविय हुनु छ ।
जगतका प्राणी एकै हुन सब, समभावले पूर्ण हुनु छ
तत्पर रहुँ जग कल्याणार्थ, यही स्वाभावले सम्पूर्ण हुनु छ
मलाई न ईश्वरिय हुनु छ न दानविय हुनु छ
म मानव भएर जन्मिएँ, मलाई केवल मानविय हुनु छ ।