म के लाई सत्य मानौं ?

तिम्रा आसेपासेबाट तिम्रो जयजयकार सुनें
जब तिमीलाई मैले भेटें, अहो! हाहाकार देखें
म के लाई सत्य मानौं?
तिमी जस्तो सुनियौ त्यसलाई मानौं
कि तिमी जस्तो देखियौ त्यसलाई मानौं ।
तिमीलाई खुशी पार्न खोज्नेहरुले, तिम्रा बारेमा राम्रो लेखे
तिमीलाई चिन्नेहरुले तर, त्यसैलाई नै नराम्रो पढे
म के लाई सत्य मानौं ?
तिमी जस्तो पढियौ त्यसलाई मानौं कि
तिमी जस्तो लेखियौ त्यसलाई मानौं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *