यी चटके हुन।

उ बेला देशमा
कैयौंका महानायक बनेर
सर्बहाराको उन्मुक्तिको नारा बोकि
आफ्नै मात्र सत्र पुस्तालाई
गरिबिबाट उन्मुक्त बनाएर
अग्रगामी छलाङ्ग मारेका
यी चटके हुन ।
 
केहि बर्ष अघी सिराहामा
गन्दा गन्दै मतपत्र
झ्याप्पै बत्ती निभाएर
के के जाती गरेर गराएर
हार्यो हार्यो भन्नेहरुलाई ल्वाप्वा ख्वाएर
जितेर देखाइदिएका
यी चटके हुन ।
 
अली अघी
आफ्नै टाउको काट्न
आदेश दिने सँगै टाउको जोडेर
सजिलै अङ्कगणित पुर्याएर
अकस्मात देशकै सर्बोच्च कार्यकारि
भएरै देखाइदिएका
यि चटके हुन ।
 
 
तीन महिना अघी
छोरी जिताउनलाई
लूटको धनले फुपुको श्राद्ध
गर्न खोज्दा पनि नसकेर
पुन मतदानको नाटक मन्चन गराएर
भरतपुरको मेयर बनाएरै छोडेका
यी चटके हुन ।
 
केहि महिना अघि
हुनै सक्दैन भन्ने धेरैको ठम्याईलाई
गलत ठहर्याएर
एक साल अघी आफैंले बिश्वाशघात गरि
सत्ताच्युत गराएका सँगै
बृहत वाम एकता गरेर देखाएका
यी चटके हुन ।
 
अनि,
वाम एकताकै बलमा
पहिलो लाई तेश्रो
दोश्रो लाई पहिलो र
आफ्नोलाई दोश्रो बनाउन भूमिका खेलेर
आफु सुत्नै आँटेको थाङ्नामा
कांग्रेसलाई सुताउन सफल भएका
यी चटके हुन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *