रहने कहाँ ?

न जन्म अघिको थाहा हुन्छ
न मृत्यु पछिको थाहा हुन्छ
जन्म देखी मृत्यु बिचमा तर
अनेक अनेकको चाह हुन्छ
आफ्नो अनुकुल भए जिबन
क्या गज्जबको आहा ! हुन्छ
सधै आफुले खोजे झैँ तर
टाउकै फोडे नि कहाँ हुन्छ
त्यसैले प्रयास गर्नु त्यतै रहने
आफ्नो मनको खुशी जहाँ हुन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *