म फेसबुकको खान्किमा जिउँछु
लाईक खान्छु र कमेन्ट पिउँछु
मेरो पर्खालमा
हरेक चोटी फेसबुकले नै सोधेको हुन्छ
के छ, के गर्दैछस्, तेरो दिमागमा के छ ?
म केहि न केहि लेख्छु
त्यही भित्तामा
सोध्नेका लागी मैले केहि लेखेको छैन
मैले मेरै लागी लेखेको छु
कारण,
केहि लेख्दा त्यस्मा लाईक्स आउँछ, कमेन्ट्स आउँछ
(कहिले थोरै कहिले धेरै)
र म बाँच्न सक्छु
किनकि,
म फेसबुकको खान्किमा जिउँछु
लाईक खान्छु र कमेन्ट पिउँछु ।