त्यो तेरो अभिष्ट
तेरै मुनी रहिरहौं हामी
तँ अन्याय गर
चुपचाप सहिरहौं हामी ।
अँग्रेजको गुलाम रहिस
आफैं धेरै कालसम्म
त्यो गुलामी छुट्या छैन
चलेकैछ हालसम्म ।
अझै तँ सपना देख्छस
हामी तेरो गुलाम बनौं !
तैंले जे जे भन्दै जान्छस
हामि हुन्छ हस् भनौं !
छिमेकिको घरको नियम
तेरो लागि बन्नु पर्ने ?
अनुचित हो ठाडो हस्तक्षेप
तँलाई कसले भन्नु पर्ने ?
हामिलाई थाहा छ तेरो नियत
भाई फुटाउने राज गर्ने
त्यसै तर्साइन्छ यिनिलाई झैं
चर्को चर्को आवाज गर्ने ।
लुते होलान देशका नेता
तीनले तेरा पाउ मोल्लान
आफु सत्ताको भर्याङ चढ्न
तँलाई ज्यु हजुर बोल्लान ।
हामी जनता स्वाभिमानी छौं
हाम्रो जरुरत किन्छौं माग्दैनौं
मर्नै परे नि लडेर मर्छौं
मैदान छोडेर कहिल्यै भागदैनौं ।
तँ न दे अरुले देलान
हाम्रो जरुरत केहि दिनसम्म
बन्द गरौंला तँसँगको सिमा
खोलौँला मार्ग तिब्बत-चिन सम्म ।
काँखी मुनी दाँत तेरो
अँगाले झैं टोक्न खोज्छस्
भाँजो हाल्छस जताततै
हाम्रो समृद्धी रोक्न खोज्छस ।
एउटा सुझाव तँलाई हाम्रो
अरुको छोड आफ्नो हेर
छियाछिया होलास आफैं
सार्वभौम जनताले भन्या टेर ।