म बदलिएँ, तिमी बदलियौ, यो समाज नै बदलियो
अहिले सब चल्न थाल्यो यहाँ लोकलाज नै बदलियो ।
भेदभाव हुनुहुन्न भनी रातो दिना गला सुकाउनेहरुको
स्वर नै चिन्ने छैनौ अब तीनको आवाज नै बदलियो ।
पौरखी हुनु भनी फलाकिरहने तिम्रा ति शिक्षकहरु
आफैं ठगी खाने भए तीनको कामकाज नै बदलियो ।
कती विश्वासले बताएथें आफ्ना हरेक भेद उसलाई
सबैलाई सुनाईदियो आफ्नो त हमराज नै बदलियो ।
सुमधूर लाग्ने उसको गीत कर्कश सुन्न थालेको छु
शब्द उहि छन सायद त्यसको सुरसाज नै बदलियो ।
पहिले जस्ता कहाँ छन र हिंडेडुलेका ठाउँहरु पनि
शहरको त के कुरा गाउँघर दूरदराज नै बदलियो ।
तिमीले काट्ने उसले मार्ने काटमार मात्रै चल्न थाल्यो
मिलेर बस्नुपर्छ भन्ने समाजको अन्दाज नै बदलियो ।