सबले बुझ्नुपर्छ!!!

धानका खेत मकैका बारिले बुझ्नुपर्छ
आँपका बगान केराका घारिले बुझ्नुपर्छ
रित्तो घ्याम्पो भरी भकारिले बुझ्नुपर्छ
दाल-भात समेत तरकारिले बुझ्नुपर्छ ।
 
निजिले बुझ्नु पर्छ सरकारिले बुझ्नुपर्छ
पियनपाले देखी उच्च कार्यकारीले बुझ्नुपर्छ
आफैं गरिखाने या अरुका कर्मचारिले बुझ्नुपर्छ
उध्यमी व्यवसायी तथा व्यापारिले बुझ्नुपर्छ ।
 
ओठ माथिका जुँगा गाला भरिका दार्हिले बुझ्नुपर्छ
सुट-पाईन्ट् मात्र हैन ब्लाउज-सारीले बुज्नु पर्छ
देश दुनियाँका अनेक प्रकारिले बुझ्नु पर्छ
हो यदि साँच्चि त त्यो संष्कारिले बुझ्नु पर्छ।
 
वारिले बुझ्नुपर्छ पारिले बुझ्नुपर्छ
यसै त्यसै हैन पुर्ण जिम्मेवारिले बुझ्नुपर्छ
समानताको पुस्ता हो यो दुनियाँदारिले बुझ्नुपर्छ
विभेदको अन्त्य जरुरि छ,
एक-एक पुरुष अनि प्रत्यक नारिले बुझ्नुपर्छ,
एक-एक पुरुष अनि प्रत्यक नारिले बुझ्नुपर्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *