समान मुल्यको जिवन

चुपचाप बस या गर होहल्ला
आफैंले बुझ या गर सरसल्ला
जुनै देउ नाम तर हो ऊ एकै
राम, यशु या होस अल्लाह ।
 
भोग अभाव या भरिपूर्ण होउ
घाटा बेहोर या लाभ कमाउ
पुकार्ने हौ तिमीले एकै लाई
जुनै इश्वरको गुणगाण गाउ ।
 
गिता पढ या बाइबल खोल
या कुरान सब कण्ठस्त बोल
सबैले दिने उपदेश हो एकै
सबै जिबनको हुन्छ एकै मोल ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *