सरुवाहरु !!!!

सर्ने रहर गरिरहन्छन
सर्ने हरु सरिरहन्छन
नयाँ-नयाँ डेरा खोज्छन्
सर्ने लोभमा परिरहन्छन ।
 
सरिरहन्छन जताततै
आज कतै भोली कतै
सर्नेहरु रुपियाँ हुन
सर्छन ति त यतैउतै ।
 
एकठाउँ पुग्छन कुर्छन बस्छन्
मौका छोपी रगत चुस्छन
सर्नेहरु उपियाँ हुन्
जता रगत त्यतै घुस्छन ।
 
सर्छु भनी भन्दैनन् ति
सर्छु झैं नि गर्दैनन् ति
तर पनि सरिहाल्छन्
एकैठाउँ बस्दैनन् ति ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *