धेरै बर्ष अघि देखि
तिमिले देखाएका रङ्गिन सपना
सपना साँचो हुन्छ भनि
हामिले गरेका मिठा कल्पना ।
हाम्रो अन्धबिश्वास रैछ
तिमि सुध्रीन्छौ तिमिले सुधार्छौ
निष्पट्ट अन्धकार हाम्रो
भोलिको कालो बादल उघार्छौ ।
कुकुरको पुच्छर झैं तिमि
सोझिएनौ सदा बाङ्गै रह्यौ
हातमा कट्टु बोकि हिँड्यौ
आफु सर्बाङ्ग् नाङ्गै रह्यौ ।
आफ्नो अभिष्ट पुरा गर्न
हामिहरुलाइ उचाल्यौ पछार्यौ
के नै नाप्छु भन्दै हिंड्थ्यौ
खै तिमिले के पो लछार्यौ ।
तिमिहरु जस्ता नालायकलाइ
कहिले सम्म नेता भन्ने
२ सुकाको बुद्धि छैन
तिमिलाइ रहर राज्नेता बन्ने ।
हेर्दै जाउँ हाम्रा छालामा
कतिन्जेल चल्ला तिम्रा रजाइँ
कहिले सम्म हामिले सहुँला
तिमि फटाहाहरुको फट्याइँ ।
एक दिन त आउँछ यस्तो
तिम्रो पापको हिसाब हुन्छ
तिमि सुलिमा झुन्डिने छौ
त्यहि हाम्रो निसाफ हुन्छ।