नाग झैं गुडुल्किएर
सुस्त सुस्त घिस्रीएर
वारी बाट पारी तर्न
हाम्रो खोलामा तुइन छ ।
कमाण्डोको तालिम झैं
कठिनताको पराकाष्ठामा
घर-स्कुल स्कुल-घर गर्न
हाम्रो खोलामा तुइन छ ।
उठ्छन ठेला उठ्छन फुट्छन्
छुट्छन हात जिन्दगी छुट्छन्
नचाहे पनि अकालमै मर्न
हाम्रो खोलामा तुइन छ ।
नयाँ प्रमले हटाउँछु भन्थे
हाम्रो दुख घटाउँछु भन्थे
जनलाई खोक्रो आश्वासन छर्न
हाम्रो खोलामा तुइन छ ।