कथा फरक थ्यो त्यतिखेरको
कथा फरक छ यतिखेरको
मेरो पनि, तिम्रो पनि
जिबन हो परिवर्तन खोज्छ
मेरोले खोज्यो, तिम्रोले खोज्यो ।
भिन्नता त छ बुझाइमा
तिम्रो अनि मेरो
अस्वाभबिकलाई स्वाभाबिक सोच्दै
चित्त बुझाउने म
स्वाभाबिकलाई अस्वाभबिक मान्दै
चित्त दुखाउने तिमी
त्यसैले,
मान्छे फरक थ्यौँ हामी त्यतिखेर को
मान्छे फरक हौं हामी यतिखेर को ।