पारिको गाउँ परको शहरको याद आउँछ
सखासँगका रमणिय प्रहरको याद आउँछ
थोरै थोरै हैन हजुर, चर्को याद आउँछ
बिदेशमा हरेक दिन, घरको याद आउँछ ।
प्रीयाको न्यानो ऊनिको बर्को याद आउँछ
मुस्काउँदा खुल्ने दन्तलहरको याद आउँछ
घन्टौं उसँग हुनुपर्ने आफ्नो रहरको याद आउँछ
“एक्छिन बस्नु न!”, उस्ले गरेको करको याद आउँछ ।
जहाँ रहुँ त्यतैको वर्कोफर्को याद आउँछ
दिनमा भन्दा रातमा अझ चर्को याद आउँछ
विदेशमा हरेक दिन घरको याद आउँछ,
बिदेशमा हरेक दिन घरको याद आउँछ ।