प्रेम गीत १

न कुनै मसँग अब इच्छा भो बाँकि
प्रेम बेगर न कुनै शिक्षा भो बाँकि
प्रेम बाहेक सम्झनामा न छ अरु केहि
प्रेम बाहेक म सँग अरु केहि रहेन बाँकी ।
 
यो प्रेमरोगको के हो उपचार के थाहा
प्रेम बाहेक मलाई अर्को संसार के थाहा
प्रेम छ यहाँ र त छु म अडिएको
जिबन धान्ने अर्को आधार के थाहा ।
 
प्रेमबिहिन जिबन केबल स्वार्थ हो रे
भवमा एक प्रेम नै परमार्थ हो रे
प्रेम छ र त छ यो शृष्टी निरन्तर
त्यस्कारण त प्रेम यो देवार्थ  हो रे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *