प्रेम गीत २

प्रेम बिज रोप्ने यो शुभ साइत हो रे
तिमी तयार हुनु म आँउदै छु
तिमीलाई भेट्न, प्रेम प्रस्ताब राख्न
प्रेमोपहार बोकी म आउँदैछु ।
 
बाँधेर राख त्यो तिम्रो चुल्ठो
रातो गुलाबको फूल म सिउरिनेछु
अँगालोमा बाँधिइ ओठ चुम्नु पर्छ
तिमीले भेटिनौ भने म निहुरिनेछु ।
 
तिम्रो काखमा आफ्नो सिर राखी चट्ट
कल्पनाको संसारमा डुलिदिनेछु म
तिम्रो साथ पाएँ भने मेरी माया
संसारका पिर ब्यथा भुलिदिनेछु म ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *