प्रमलाई झुक्क्याइयो!!!

आउनै नसक्ने एउटा मिती बनाईयो
पक्कै आउँछ भनियो अनि भनाइयो
आखिर आएन र पो त चुक्चुकाइयो
मेलम्चिका बारेमा प्रमलाई झुक्क्याइयो ।
 
जाँच गर्छौं भनेर पैले घोक्रो सुकाइयो
जाँचै नगरि फेरी त्यो बाधा फुकाईयो
जाँच नगरेस्!उताको आदेश लुकाइयो
बिषादिका बारेमा प्रमलाई झुक्क्याइयो
 
उड्दै नउडेको धुलो व्याप्त उडाईयो
लगाउनै नपर्ने मास्क उत्तिकै लगाइयो
ढ्याम्ढुम्म झ्याल थुनि गाडिमा कुदाईयो
प्रदुषणका बारेमा प्रमलाई झुक्क्याईयो
 
यो कस्तो शासन सत्ता लिएर आईयो
जो सुकैले झुक्क्याई दिने प्रम पाईयो
शंका लाग्दो छ तर दाजु भाई हो
उन्ले झुक्क्याए कि उन्लाई झुक्क्याईयो ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *