जिबनपथको म एक पथिक,
मैले हिंड्दिन भन्न पाउन्नँ
गन्तव्यमा पुग्न मेरा सामु अनेक पथ छन
जोखिम सबैमा छ, के छ हिंडेर नै थाहा लाग्छ
इनाम सबैमा छ, के छ हिंडेर नै थाहा लाग्छ
पत्तो पाइन्न त ति जोखिमहरु, जुन छोडिएको पथमा छन
थाहै लाग्दैन त ति इनामहरु, जुन नहिंडेको पथमा छन
तर,
मैले के चिन्ता गर्नु ति जोखिमहरुको
मैले के अफसोस गर्नु ति इनामहरुको
जुन म नहिंडेको बाटोमा थिए/थिएनन
जिबन यात्राको म एक पथिक,
मैले हिंड्दिन भन्न पाउन्न!