या तेरो गुणस्तर खस्क्यो
या मेरो क्षमता निकै बढ्यो
के पो भो कुन्नी ?
रक्सि, आजकल तँ मजा दिंदैनस
जती पिए पनि नशा दिंदैनस ।
प्रेमिकाको बिछोड यसै भुलाउँथिस
बिग्रेको परिक्षाफल क्षण मै बिर्साउँथिस
बहाना सकिएर हो कि कुन्नि
रक्सि, आजकल तँ मजा दिंदैनस
जती पिए पनि नशा दिंदैनस ।
एक पेगमै रमरम बनाँउथिस
एक क्वार्टरमा ढलपल बनाँउथिस
धेरै पचाउने भएछु कि कुन्नि
रक्सि, आजकल तँ मजा दिंदैनस
जती पिए पनि नशा दिंदैनस ।
दुइ मात्र बसी गम्भिर भएर पिइयो
भिडमा खुबै हो-हल्ला गरेर पिइयो
एक्लइ पिउनु परेर हो कि कुन्नि
रक्सि, आजकल तँ मजा दिंदैनस
जती पिए पनि नशा दिंदैनस ।