अधुरो

मुखडा सम्झन्छ अन्तरा बिर्सन्छ,
कसैले गाएको गीत अधुरो ।
 
धेरैलाई चाह्यो पाएन कोहि,
कसैले लाएको प्रीत अधुरो ।
 
बिजयोन्माद टिकेन एकैक्षण,
कसैले जितेको जीत अधुरो
 
एक निमेषमै ढल्छ जिन्दगी,
सबैको लागी जिबनरीत अधुरो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *