मुक्ती असंभव छ!!!

कलीला फूल निमोठेर इश्वर खुशी पार्ने दुष्ट
रगतको होली खेलेर निर्दोष आत्मा मार्ने दुष्ट
 
पाप हो पाप ! जस्लाई तैंले प्रतिशोध भन्छस्
एक पल यस्तो आउँछ जब तैंले अफसोस गर्छस
 
त्यतिखेर पाप पखाल्ने तैंले कुनै जुक्ती खोज्लास्
सास जान नसकेर तैंले आफ्नो मुक्ती खोज्लास्
 
मानवताले त्यतिखेर तेरो पापको हिसाब माग्छ
तेरो दुश्कर्मको शिकार सबै अबोधहरुको निसाफ माग्छ
 
धिक्कार धिक्कार सफाइ के त्यो कुकर्मको देलास तैंले
किरा परेर सडेर जालास मुक्ती कसरी लेलास तैंले ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *