भोट के लाई दिने ?

हाँस्न त पाइँदैन है जनता हो अब रुनलाई भोट दिउँ
तीनकै परिभाषाको प्रजातन्त्रवादी हुनलाई भोट दिउँ
जसलाई दिए पनि दुखै हो त्यसैले दुखलाई भोट दिउँ
समाजवादको मलजल नपुगेको बुढो रुखलाई भोट दिउँ ।
 
राम्राराम्रा टुक्का छोड्ने मिष्टर ओलीलाई भोट दिउँ
सुधार हैन अझ बिचलनको हाम्रो भोलीलाइ भोट दिउँ
जबज भजेर गोटी हल्लाउने लङूर बुर्जेलाई भोट दिउँ
एनजिओको पैसाले तेजिला भएका श्री सुर्जेलाई भोट दिउँ ।
 
बोली ब्यवहार केहिको ठेगान नभएका प्रचण्डलाई भोट दिउँ
क्रान्तिको दाम्लो चुँडाली साँढे भएका उदण्डलाई भोट दिउँ
नैतिकता छोडेर जताततै भागिरहने महान भगौडालाई भोट दिउँ
जनताकै घाँटी काट्ने टाउको ताक्ने हँसिया हथउडालाई भोट दिउँ ।
 
आफ्नै घर अरु कसैको रहर बनाइदिएका बाबुरामलाइ भोट दिउँ
कामै नलागे नि डिग्री छ त्यहि डाक्टर भन्ने नामलाई भोट दिउँ
माओबादको बिषबृक्षबाट काटिएको त्यहि बृक्षशाखालाई भोट दिउँ
कता छिरे जोगिइएला भनेर यत्रतत्र चहार्ने त्यो आँखालाई भोट दिउँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *