ईश्वर मरि सकेको छ

ईश्वर मरिसकेको छ
जिउँदा मान्छेहरु भोका हुन्छन्
भोका मान्छेहरु जिउँदा हुन्छन्
जो मरिसके, ति अघाइसके
जो अघाइसके, ति मरिसके
जिबनको भोक जिउँदालाई हुन्छ
हो, जिबनको भोक मात्र जिउँदालाई हुन्छ ।
 
गरीब जिउँदो छ र भोको छ
धनी भोको छ र जिउदो छ
यहाँ सब मानिस भोका छन्
यहाँ सब मानिस जिउँदा छन्
यहाँ ईश्वर मात्र अघाइसकेको छ
यहाँ ईश्वर मात्र मरिसकेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *