पानीमा चुर्लुम्म भै डुबेका छन जीवन धानिदिने ज्यथा
त्यै पानीको सतहमा तैरिएका छन बाढी पिडितका ब्यथा
तिमी महलमा बिराजमान छौ यो देशको हौ तिमी नेता
जानै कष्ट गरेनौ देखेनौ केहि तीनका दुख तिम्लाई के था ।
त्यता दुख छ जनहरुमा त्यो हेरेर तिम्रो त्यो मन दुख्ला
म मन्त्री भएर गरिनँ केहि सोची तिम्रो त्यो शीर झुक्ला
नजाउ अनि नमान शर्म पनि आफ्नै कर्मले थुके थुक्ला
भ्र्ष्ट बन कमाउ अकुत बरु तिम्रा सात पुस्तालाई पुग्ला ।