तिम्रो मेरो भेट सायद अब कहिल्यै लेख्या छैन
त्यस दिनबाट मैले तिम्लाई कहिं कतै देख्या छैन ।
 
तिम्लाई देखे तिम्रो यादले फेरी पनि पिर्ला भनि
तिम्रो गल्लीतिर आजकल मैले पाइला टेक्या छैन ।
 
अघाएर आफु भाग्यौ जब मैले खाँदै गर्दा
त्यहिँबाट अहिलेसम्म मैले भोक मेट्या छैन ।
 
क्षितिज पुग्ने चाह तिम्रो पुर्यायो पो कस्ले होला
देख्ने गर्छु सँधै तर मैले क्षितिज भेट्या छैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *