ओहो यो सास्ति! नाकको एक पोरा बन्द छ
न स्वाद छ जिब्रोमा न नाकमै कुनै गन्ध छ
माड्दामाड्दै नाकको डाँडी भएछ लौ हेर रातो
टाउको रमरम दुख्छ निधार छाम्यो अति तातो ।
धेरै च्यापेर हो कि शरिर पुरै गलेर खत्रक्कै
सास फेर्नै अति कठिन नाक सुकेर कक्रक्कै
नाके ध्वद्रो स्वर निक्लने फेरी घाँटी बसेर
हायल कायल भैसकियो नाकमा भिक्स धसेर ।
मिनेटकै अन्तरमा फेरी हाच्छ्युँ आइरहन्छ
महिनैपिच्छे कती यस्ले मलाई सताइरहन्छ
चिसो धुलो जे सुकै भएपनी यसको कारण
कसैले बताउ यस्को जिबन भरको निवारण ।