जसरि होस जितौं

यस्ले उस्ले किनेको भनौं
उस्ले यस्ले किनेको भनौं
जिते जत्ती कमाइन्छ किनेर लगानी गरौँ
यस्ले उस्ले गरेको भनौं
उस्ले यस्ले गरेको भनौं
बिपक्षिको भोटर बढी देखे बुथै क्यप्चर गरौं
 
यस्ले उस्ले साटेको भनौं
उस्ले यस्ले साटेको भनौं
जसरि नि जित्नैपर्छ सकेसम्म ढ्वाङै साटौं
यस्ले उस्ले च्यातेको भनौं
उस्ले यस्ले च्यातेको भनौं
हार्न हार्न लागेपछी रिसाएर भोट च्यातौं
 
धन छँदैछ जनता लुटेरा कमाएको
कार्यकर्ता छँदैछन गुन्डा जुटेर बनाएको
नभाको इमान्दारिता हो, साँच्ची त्यो भनेको के हो
नभाको नैतिकता हो, लौ त्यो भनेको चाहिं के हो ।
तसर्थ,
जित्नै पर्छ उसरी जितौं या यसरि जितौं
अस्तीन त्यस्ले जसरि जितेथ्यो हामी पनि त्यसरि जितौं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *