तिमीले भनेनौ तिम्रा कुरा, मेरो लागी त्यो धोका हो
नहाने पनि त उद्यायौ छुरा, मेरो लागी त्यो धोका हो ।
परिस्थितिको दास हो मानिस, तिमी पनि भयौ होला
परिस्थितिकै दास बनी, कती गर्नु-नगर्नु गर्यौ होला ।
तिमी नै हौ तिमी बाहेक, को छ र मेरो ? भन्छौ सँधै
मेरो समेत तिमी बाहेक, को छ अरु ? झैं बन्छौ सँधै ।
मेरै हौ भन्यौ बाँडेनौ दुख, सोच तिमी त्यो धोका हो
दिन्छु भन्थ्यौ दिएनौ सुख, बुझ तिमी त्यो धोका हो ।