धनै कमाउने लालसामा तिमीले बिर्सियौ को हो साथि
जो थ्यो समिपमा सदा तिमी सँग त्यो भन्दा धनै माथि
आदर्शका कुरा गर्दछौ अझ लाज सरम केहि नमानि
ठुला ठुला फ्याँक्दछौ अनि जस्तो तिमी झैँ छैन ज्ञानी ।
 
कती कमाऔला के नै गरौला धोकाले धन कमाएर
सास नै जान मुश्किल होला धनको लालच समाएर
गर्नै नहुने गरिएछ भनी जिबनभर पछुताउनु भन्दा
बेस हैन र जिबन बाँच्नु स्वच्छ हृदय सहित रमाएर ? ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *