जिवनको मोल

नयन बाट झरेर
कर्कलाको पातमा अड्केको
मोतिको एक थोपा
पवन सँगको संसर्गमा सकिन्छ
या त भानुको किरणले छोए पछि ।
 
जिवनको अन्तर्य
कसले पो नबुझेको हुँदो हो
तर बुझ पचाउनेहरु
जीवन आँसु हो भन्छन
बुझ्नेहरु चाहिने भन्दा बढी बुझ्छन
आखिर त्यै कर्कलाको मोति न हो जीवन
मोतिको मूल्य कसले राखोस ?
 
सर्वोत्तम खेती झुठको हो हजुर
यस्कै किसान सर्वसम्पन्न छन
जो किसान धान, मकै फलाउँछ
उ मल नपाएरै मर्छ जस्तो छ
कि त ऋणको भारिले थिचिएर
कुनै बेला पायो भने
मल खाएरै मर्छ जस्तो छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *