गजल: रोकिन्छौ कि त अब!!!

जित्नै नसकिने लडाईं भिड्यौ जस्तो छ धेरै
रोकिन्छौ कि त अब हिंड्यौ जस्तो छ धेरै ।
 
अलिकती पेल्छु भन्यौ मायाले हो भन्थ्यौ तर
धुलोपिठो भो घृणाले पो पिंध्यौ जस्तो छ धेरै ।
 
अब तिमीले हुर्काउनै पर्छ विश्वासका बिरुवाहरु
भरोसाका आडिला रुख गिंड्यौ जस्तो छ धेरै ।
 
चाहिने जती पो जम्मा गर्नुपर्छ जे सुकै पनि
खपतै नहुने माया  समेत किन्यौ जस्तो छ धेरै ।
 
अरुलाई त जती जान्यो जती बुझ्यो उति पिडा
आफ्नालाई बिर्सी पराई चिन्यौ जस्तो छ धेरै ।
 
जित्नै नसकिने लडाईं भिड्यौ जस्तो छ धेरै
रोकिन्छौ कि त अब हिंड्यौ जस्तो छ धेरै ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *